काठमाडौँ– आज भएको राष्ट्रपतिको निर्वाचनमा विद्यादेवी भण्डारी अत्यधिक मतले विजयी भएकी छन् । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेश्रो राष्ट्रपतिमा भण्डारी अत्यधिक मत प्राप्त गरी विजयी भएकी हुन् । यो उनको दोश्रो कार्यकाल हो ।
भण्डारीले ३९ हजार २७५ मतभार प्राप्त गरेकी छन् भने उनका प्रतिस्पर्धी नेपाली काँग्रेसकी नेत्री कुमारीलक्ष्मी राईले ११ हजार ७३० मत प्राप्त गरेकी छन् ।
उक्त निर्वाचनमा संघीय संसद्तर्फ तीन र प्रदेशसभा सदस्यतर्फ पाँच मत बदर भएको थियो । संघीय संसद्का ३३१ मतदातामध्ये ३२६ र प्रदेशसभाका ५४९ मध्ये ५३६ जनाले मतदान गरेका थिए ।
मंगलबार बिहान १० बजेदेखि सुरु भएको राष्ट्रपतिको मतदान प्रक्रिया अपराह्न ३ बजेसम्म चलेको थियो।
संघीय संसद् र प्रदेशसभाका सदस्यलाई मतदाता बनाएर राष्ट्रपतिको निर्वाचन पहिलो पटक गरिएको हो। यसअघि राष्ट्राध्यक्षको चयन व्यवस्थापिका–संसद् सदस्यले गरेका थिए।
राष्ट्रपतिलाई प्रधानन्यायाधीशले सपथ गराउने चलन गरेको छ।
तपाईको प्रतिक्रिया