‘मिटरब्याज’ विरुद्ध देशैभरि सिआइबीको अप्रेसन, दर्जन व्यापारी पक्राउ

समाचार

2/18/2018

काठमाडौं– घर-जग्गा तथा सुन धितो राखेर चर्काे ब्याजदरमा कर्जा प्रवाह गर्दै आएका समूहविरुद्ध सिआइबीले आइतबार देशभरि ‘अप्रेसन’ चलाएर दर्जनभन्दा बढीलाई पक्राउ गरेको छ। गैरबैंकिङ कारोबार गरेको आरोपमा उनीहरुलाई सिआइबीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा धेरै धरान, इटहरी तथा विराटनगर क्षेत्रका व्यवसायीहरु छन्। काठमाडौंबाट पनि केहीलाई सिआइबीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा केही सुन पसलेहरु समेत छन्।

उनीहरुले चर्काे ब्याजदरमा कर्जा दिने र समयमा कर्जा नतिरेपछि घर, जग्गा नै आफ्नो नाममा ल्याउने गरेका थिए। यस्तो धन्दा बढ्दै गएको उजुरीका आधारमा अनुसन्धान गरी सिआइबीले कारबाही गरेको हो। 

बैंकले जस्तै अवैध रुपमा घरजग्गाहरु धितोमा राखेर कर्जा प्रवाह गर्दै आएकाले पक्राउ गरिएको सिआइबीले जनाएको छ। विभिन्न कम्पनी खोलेर समेत यस्तो धन्दामा संलग्न हुनेहरुलाई प्रहरीले पक्राउ गरेको छ।

- nepallive

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ