प्रतिनिधिसभाको समानुपातिकतर्फ कांग्रेसले छनोट गर्न पाउने चालिस सिटका लागि पठाउनुपर्ने सूचीलाई पार्टीले अन्तरिम रुप दिएको छ।महिला २० जना र पुरुष २० जना कांग्रेस छनोट गर्न पाउने छ।
संविधानको ८४ (८) अनुसार संघीय संसदमा प्रत्येक दलबाट कम्तीमा एक तिहाइ महिलाको प्रतिनिधित्व हुनुपर्ने व्यवस्था छ। प्रतिनिधिसभाको प्रत्यक्षमा २३, समानुपातिकमा ४० सिट र राष्ट्रियसभामा १३ सांसदसहित नेपाली कांग्रेसको संघीय संसदमा ७६ सिट प्राप्त गरेको छ। यसको एक तिहाइ अर्थात् २६ जना महिला हुनुपर्नेमा राष्ट्रियसभामा ६ जना महिला निर्वाचित भइसकेकाले निर्वाचन आयोगले समानुपातिकबाट कांग्रेसलाई थप २० जना महिला अनिवार्य छनोट गर्न निर्देशन दिइसकेको छ।
कांग्रेसले समानुपातिकबाट निर्वाचित गर्नुपर्ने कम्तिमा २० जना महिला छनोट गर्दा खस आर्य कोटाबाट ६ जनाले सांसद बन्ने अवसर पाउँछन्।कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिकको बन्द सूचिअुनसार यो क्लष्टरबाट सुजाता कोइराला, पुष्पा भुषाल गौतम, डिला संग्रौला, मीना पाण्डे, उमा रेग्मी र दीपशिखा शर्मा सांसद बन्नेछन्।
आदिवासी जनजाति क्लष्टरबाट पनि ६ जना महिलाले अवसर पाउनेछन्। बन्द सूचीको क्रम संख्यामा रहेका ज्ञानकुमारी छन्त्याल, प्रमिला राई, महेन्द्रकुमारी लिम्बु, हिरा गुरुङ, मीना सुब्बा र सुवर्ण ज्वारचनको नाम छनोट हुने संभावना छ।।
त्यसैगरी दलित कोटाबाट सुजाता परियार, लक्ष्मी परियार सेवा र विमला नेपाली सांसद बन्नेछन्।मधेसी क्ल्स्टरबाट रहेकी सीतादेवी यादव, चित्रलेखा यादव र मिनाक्षी झा सांसद बन्ने निश्चित छ।
निर्वाचन आयोगका अनुसार कांग्रेसको थारु वा मुस्लिम कोटामध्ये कुनै एउटा क्लस्टरबाट मात्र प्रतिनिधि चयन गर्न पाउँछ। दुवै कोटाबाट एकरएकजना निर्वाचित गर्दा महिलार्फ जम्मा प्राप्त गरेको २० भन्दा धेरै हुने भएकाले थारु र मुस्लिममध्ये कुनै एकबाट एक जना छनोट गरिनुपर्छ। यसअनुसार थारु कोटाको पहिलो नम्बरमा रहेकी पार्वती डिसी चौधरी वा मुस्लिम कोटाको पहिलो सूचीमा रहेकी सर्वत आरा खानमध्ये एकजनाले सांसद बन्न पाउनेछन्। पिछडिएको क्षेत्रबाट हुम्लाकी रंगमती शाही बन्ने पक्का छ।
कांग्रेसले पठाउने पुरुषतर्फका २० छनोट गर्दा खस आर्य कोटाबाट ६ जना पठाउनुपर्ने व्यवस्था छ। क्रमसंख्याअनुसार बालकृष्ण खाँड, दिलेन्द्रप्रसाद बडु, किशोरसिंह राठौर, सत्यनारायण खनाल, सूर्यबहादुर केसी र मोहनप्रसाद पाण्डे सांसद बन्नेछन्।
आदिवासी जनजाती कोटाबाट बहादुरसिंह लामा, कर्मा घले, उमेश श्रेष्ठ, लालकाजी गुरुङ र जीपछिरिङ लामा र दिव्यमणि राजभण्डारी छनौट हुनेछन्।दलित क्लष्टरबाट मानबहादुर विश्वकर्मा, मीनबहादुर विश्वकर्मा र प्रकाश रसाइली गरी तीनजना सांसद बन्नेछन्।
त्यस्तै मधेसी कोटाबाट विनोद चौधरी, स्मृतिनारायण चौधरी र नागेन्द्रकुमार राय सांसद बन्नेछन्।कांग्रेसको थारु वा मुस्लिम कोटामध्ये कुनै एउटा क्लस्टरबाट मात्र प्रतिनिधि चयन गर्र्नुपर्ने अवस्था छ। थारु कोटाको पहिलो नम्बरमा रहेका पद्मनारायण चौधरी वा मुस्लिम समुदायबाट पहिलो नम्बरमा रहेका अतहर कमाल मुसलमानमध्ये एकजना सांसद बन्न पाउनेछन्।पिछडिएको क्षेत्रबाट पुरुषतर्फ बन्द सूचीको पहिलो नम्बरमा रहेका अछामका रामबहादुर बिष्ट सांसद बन्न पाउनेछन्। नेपाल तारा
तपाईको प्रतिक्रिया