काठमाडौं– राष्ट्रियसभाको उपाध्यक्ष पदमा दुईजनाको उम्मेदवारी परेको छ।
संघीय संसद् सचिवालयका सहायक प्रवक्ता केशव अर्यालका अनुसार उपाध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) का शशिकला दाहाल र नेपाली काँग्रेसका वृन्दादेवी आले (राना) को उम्मेदवारी परेको हो।
निर्वाचन कार्यक्रमअनुसार उम्मेदवारी दर्ताका लागि शनिबार ११ बजेदेखि दिउँसो २ बजेसम्मको समय तोकिएको थियो। राष्ट्रियसभाको आइतबार बस्ने बैठकमा उपाध्यक्ष पदको निर्वाचन हुनेछ।
निर्वाचनमा अध्यक्षबाहेक ५८ जनाले मतदानमा भाग लिने छन्। उपाध्यक्षका उम्मेदवार दाहाल महोत्तरीकी हुन भने आले कास्की जिल्लाबाट प्रतिनिधित्व गर्छिन।
संघीय संसद्को माथिल्लो सदनका रुपमा रहेको ५९ सदस्यीय राष्ट्रियसभालाई प्रबुद्ध समूहको थलोका रुपमा हेर्ने गरिन्छ।
राष्ट्रियसभाको अध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार गणेशप्रसाद तिमिल्सिना गत फागुन ३० गते निर्विरोध निर्वाचित भइसकेका छन्। रासस
तपाईको प्रतिक्रिया