दैलेखलाई हाइड्रोहवको जिल्ला बनाउछौ

दैलेख जिल्लालाई हाइड्रोहव को रुपमा विकास गर्ने उद्योगी, व्यापारिहरुले घोषणा गरेका छन् ।

समाचार

2/8/2018

दैलेख - उद्यम, कृषि, पर्यटन र व्यापार, समृद्ध दैलेखको मुलआधार’भन्ने मुल नारा सहित उद्योग बाणिज्य संघ दैलेखको नवौँ बार्षिक साधारण सभा तथा आठौ अधिवेशनको उद्घाटन कार्यक्रम माउद्योगी, व्यापारिहरुले यस्तो घोषणा गरेका हुन् ।

मन्तव्यका क्रममा बोल्ने अधिकांश बक्ताहरुले राष्ट्रकै महत्व बोकेको माथिल्लो कर्णाली जलविद्युतआयोजनाका साथै, नौमुले, डुंगेश्वर गाउँपालिकामा रहेका लघुजलविद्युतआयोजनाहरु निर्माणाधिन अवस्थामा रहेको बताउदै दैलेख जिल्ला हाइड्रोहवको रुपमा विस्तारहुने बताए । 

जलविद्युत बाहेक पेट्रोलियम, तामा, काइनेटिक जस्ता खनिजपदार्थहरु पाईने सम्भावनाहरुलाई खोजीगरि अनुसन्धान र उत्खननतर्फ अघि बढ्ने उद्योगी, व्यापारिहरुले घोषणा गरे ।


उद्घाटन कार्यक्रममा  नेपाल उद्योग बाणिज्य संघका कार्यकारी सदस्यएंव घरेलु तथा सानाउद्योग विकास समिति नेपालका सभापतिनिरक केसीले दैलेख  धार्मीक, साँस्कृति र जलस्रोतले धनी जिल्ला भएको बताउदै त्यसको विकासका लागि निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताए ।

विकास निर्माणलाई थाँती राखेर राजनीतिलाई मात्रै जोड दिएमुलुकको विकास सम्भव नभएको बताउदै केसीले निजी क्षेत्र, स्थानीय, प्रदेश र केन्द्र सरकारको सहकार्य आवश्यक रहेको बताए ।

मुलुकको आर्थीक समृद्धीका लागिनिजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेका बताउदै केसीले भने ‘दैलेख जिल्लामा भएको सम्भावनाहरुलाई पहिचान गरि राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रबाट लगानीको वातावरण सृजनागर्न सक्नु पर्छ ।


उद्योग बाणिज्य संघ सुर्खेतका अध्यक्ष प्रकाश अधिकारीले दैलेख जिल्लामात्रै नभई समग्र प्रदेश नं. ६ भित्र रहेका सम्भावनाहरुको खाजी गर्नका लागि निजी क्षेत्र लाग्नुपर्ने बताए ।

अधिकारीले निजी क्षेत्रले तिरेको करबाट राज्यले विकासको अनुभुतिहुने गरि काम गरेको खण्डमा मुलुकसमृद्धिको दिशामा अगाडी बढ्ने बताए ।

नेपाली कांग्रेस दैलेखका सभापति कृष्ण कुमार विसीले समृद्ध दैलेख बनाउने महाअभियानमा सबैको सहयोग आवश्यक रहेको औल्याउदै थुप्रै सम्भावनाहरु भएको जिल्लामा बसेका निजी क्षेत्रले ति सम्भावनाहरुलाई सदुपयोग गर्नुपर्ने बताए ।

जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेम बहादुर थापाले निजी क्षेत्र र निर्वाचितजनप्रतिनिधीहरुले हातेमालो गर्न सके मात्रजिल्ला संगै मुलुकको विकास सम्भव रहेको बताए ।

दैलेख उद्योग बाणिज्य संघ दैलेखका अध्यक्ष शान्ति प्रसाद शर्माले दैलेख विभिन्न जातजाति को उद्गम स्थल तथा पञ्चकोशी लगाएत धार्मिक स्थल भएकाले यसलाई पर्यटकिय रुपमा विकास गर्दा राष्ट्रकै अर्थतन्त्रमा योगदान पुग्ने बताए ।

व्यवसायीहरुले आफ्ना व्यवसाय सञ्चालन गर्न अत्यन्त कठिन परिस्थितीको सामनागर्नुपरेको अध्यक्षशर्माले बताए ।

व्यवसायीहरुको क्षमताविकास गरी समस्याको पहिचानगर्नुका साथै व्यवसायको प्रवद्र्धन गरीजिल्लालाई प्रदेश नं ६ को व्यापारिक नाकाको रुपमा विस्तार गर्न संघले निरन्तर प्रयास गरिरहेको बताए ।

संघको एक बर्ष अगाडी निर्माण गरिएको भवनमा आधुनिक प्रविधिको प्रयोग गरि दक्षजनशक्ति द्धारा नियमितप्रभावकारी सेवाप्रवाहगर्ने, जिल्लाको कला संस्कृतिको जगेर्ना गर्दै सम्भाव्य पर्यटकिय क्षेत्रको खोज तथा पहिचानका साथै पर्यटन प्रवद्र्धन र संरक्षण सम्बद्र्धन लागएतका कार्यहरु आगामीदिनमा सञ्चालनगर्ने  कार्ययोजना रहेको महासचिव नरेन्द्र थापाले बताए ।

उद्योग बाणिज्य संघ दैलेखको नवौँ बार्षिक साधारण सभा तथा आठौ अधिवेशनले १७ सदस्यीय कार्यसमिति चयन गर्ने छ । संघको विहिवार सम्पन्न उद्घाटन कार्यक्रम पश्चात उद्योगीव्यापारिहरु विच सहमतिको प्रयास गर्ने र सहमतिहुन नसके निर्वाचन प्रक्रिया अगाडी बढाइने महासचिव थापाले बताए ।

निर्वाचनका लागि दुई वटा प्यानल बनाएर १ महिना अगाडी देखि नै चुनाव प्रसार प्रसार समेत गरिएको छ ।

प्रकाशित: २०७४ माघ १७:५६

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ