प्रधानमन्त्री देउवाले आजै राजीनामा दिने

समाचार

2/14/2018

काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार पदबाट राजिनामा दिने तयारी गरेका छन् ।

निर्वाचनपछि पनि सत्ता नछोडेको भन्दै विपक्षीबाट आलोचना खेप्दै आएका देउवाले निर्वाचन आयोगले चुनावको औपाचारिक परिमाण बुझाउनसाथ राजीनामा दिने तयारी गरेका हुन् ।

निर्वाचन आयोगले प्रतिनिधिसभाको सम्पूर्ण परिणाम बुधबार अपरान्ह राष्ट्रपतिलाई बुझाउँदै छ । यसपछि देउवाले राष्ट्रका नाममा सम्बोधन गरेर राजीनामा दिनेछन् । त्यसपछि नयाँ सरकार निर्माणको बाटो खुल्नेछ।

राजीनामाका बारेमा उनले निकटका सहयोगीसँग परामर्श गरिसकेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ