भारतका पूर्वप्रधानमन्त्री नेपालमा

समाचार

9/16/2018

काठमाडौं, २१ भाद्र । भारतका पूर्वप्रधानमन्त्री एचडी देवेगौडा पशुपति दर्शनका लागि काठमाडौं आएका छन् । अन्तर्राष्ट्रिय मैत्री समाजको निमन्त्रणामा काठमाडौं आएका हुन । काठमाडौं आउने बित्तिकै उनले पशुपतिको दर्शन गरेका छन् । जनता दल सेक्युलरका अध्यक्ष रहेका देवेगौडा १ जुन १९९६ देखि २१ अप्रिल १९९७ सम्म १० महिना भारतका प्रधानमन्त्री थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ