गौशालको होटलमा गोली चल्यो, गणेश लामा पक्राउ

समाचार

3/14/2018

काठमाडौं । गुण्डा नाइके गणेश लामा काठमाडौंको गौशालास्थित एक होटलबाट हतियारसहित पक्राउ परेका छन् । 

गौशालामा रहेको होटल पशुपति भिजनमा गोली चलेपछि पुगेको प्रहरी टोलीले लामालाई हतियारसहित पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनीसँग पेस्तोल र ६ राउण्ड गोली बरामद भएको छ ।

के कारणले गोली चलेको भन्ने अझै खुलेको छैन ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता डिएसपी मोहन थापाका अनुसार गोलीको आवाज आएपछि प्रहरी त्यहाँ पुगेको थियो । प्रहरी त्यहाँ पुग्दा लामासँग पेस्तोल र ६ राउण्ड गोलीका साथै खोका पनि फेला परेको छ ।

अहिले उनलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान थालेको छ । विजय गच्छदारको निकट रहेका लामा हाल नेपाली काँग्रेससँग आबद्ध रहेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ