काठमाडौँ - सरकारले स्थानीय तहका पदाधिकारी देखि विशिष्ट व्यक्ति सम्मको मर्यादाक्रम तोकेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुखदेखि स्थानीय तहका सबै पदाधिकारीको मर्यादाक्रम तोकेको हो ।
उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठले मन्त्रिपरिषद्को बैठकले राष्ट्रपतिदेखि गाउँपालिकाका वडा सदस्यसम्मका मर्यादाक्रम तोकेको बताए।
उनका अनुसार पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, प्रदेश प्रमुख, प्रदेश मुख्यमन्त्रीदेखि सबै तहको मर्यादा तोकिएको छ ।
तपाईको प्रतिक्रिया