बर्दियाका मधेशी राजनीतिक कार्यकर्ता राम मनोहर यादवको प्रहरी थुनामा मृत्यू भएको छ । यो सामान्य घटना नभै प्रहरी थुनामा दिइएको यातनाका कारणले मृत्यू भएको हो । राज्यको यस जघन्य अपराधको जतिनै निन्दा गरेपनि अपुग हुनेछ ।
कुनैपनि थुनुवाको जीवनरक्षाको कानूनी र मानवीय दायित्व राज्यमा रहेको हुन्छ । राम मनोहर यादव एक राजनीतिक कार्यकर्ता थिए । स्वास्थ्य मंत्री तथा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवको बिरोधमा कालो झंण्डा प्रदर्शन गर्ने क्रममा उनलाई प्रहरीले पक्राउ गरी थुनामा राखिएको थियो । उनको संलग्नता वा आवद्धता जोसंग भएपनि स्पष्टतस् उनि राजबन्दी थिए ।
थुनामा अशक्त भएपछि उनको समुचित उपचार गराइएन । मृत्यू निश्चित भएपछि मात्र उनलाई एम्बुलेन्सबाट नेपालगंज लान लाग्दा बाटोमा मृत्यू भएको हो । उनलाई मारिएको हो । मधेसी राजनीतिक प्रदर्शकारीहरूलाई यातना दिने, उनी प्रति सदैब असहिष्णु व्यवहार राख्नु पर्ने र ताकी ताकी गोली प्रहार गर्ने राज्यको नीतिकै यो निरन्तरता हो । तराई मधेस राष्ट्रिय अभियानको विचारमा यो हत्याबाट सरकार, मानव अधिकारवादीहरू र न्याय प्रशासनको निधारमा पुनस् एक पटक कलंकको टिका लागेको छ ।
स्मरणीय छस उप प्रधानमंत्री उपेंद्र यादवको कार्यक्रममा कालो झंडा देखाएकै कारण राम मनोहर यादवलाई पक्राउ गरि राज्य विप्लवको मुद्दा चलाउने तैयारी गरिएको थियो । मंत्री उपेन्द्रकै निर्देशनमा उनलाई गिरफ्तार गरिएको थियो । हामी सबैले संझिनु पर्ने छ कि, एक जना कार्यकर्ताले पूर्व प्रम झलनाथ खनाललाई झापड हानेका थिए । अर्का प्रम डा.बाबुराम भट्टराई उपर आक्रमण गरेका थिए । सिरहामा स्वयं उपेन्द्र यादवकै कार्यकर्ताहरूले पूर्व प्रम प्रचण्ड उपर भौतिक आक्रमण गरेका थिए(यी सबै घटनाहरूमा खनाल, भट्टराई र प्रचण्डले पहल गरी मुद्दा नचलाउन प्रहरीलाई अनुरोध गरेका थिए । जबकि, उपेन्द्र यादब आफु जस्तै एक मधेसीका उपर मुद्दा चलाउन, यातना दिन प्रहरीलाई दबाव दिएका छन । समयको चेतनाले उपेन्द्र यादबसंग यस हत्याको हिसाब मिलान गर्नेछ । मधेसभर उपेन्द्र यादबको शसक्त शांतिपूर्ण बिरोध गर्न तमरा अभियान आह्वान गर्दछ ।
राम मनोहर यादबको हत्याको छानबिनको मांग गर्नु अर्थहीन छ । यस मुलुकमा उनको आत्माले कहिले पनि न्याय पाउने छैन । उनको आत्माको शांतिका लागि मधेसीहरूले एकै साथ आतंककारी सरकार र सत्ता समर्पण मुद्दा बिसर्जनवादी मधेशी दलहरूका बिरूद्ध संघर्षलाई अगाडी बढाउनु पर्दछ ।
जय प्रकाश गुप्ता
संयोजक, तमरा अभियान
तपाईको प्रतिक्रिया