माथिल्लो कर्णाली (जि.एम.आर) कार्यालयमा बम विस्फोट

तीन जना पक्राउ

समाचार

2/11/2018

सुर्खेत -  सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको खजुरास्थित माथिल्लो कर्णाली जलविद्युत आयोजनाको कार्यालयमा अज्ञात समूहले वम विष्फोट गराएको छ ।

माथिल्लो कर्णाली जलविद्युत आयोजनाको निमार्ण जिम्मा पाएको भारतीय कम्पनी जिएमआरको कार्यालयमा अज्ञात समूहले शनिबार राति साढे १० बजे विस्फोट गराएको हो ।


उक्त समूहले प्रहरी सुरक्षार्थ बसेको पोष्टमै बम विष्फोट गराएको हो । बम विस्फोटबाट कार्यालय बाहिरको पर्खालमा क्षति पुगेको छ ।

कार्यालयको सुरक्षार्थ खटिएका प्रहरीले भने आफुले विस्फोट पछि के भयो केही थाहा नपाएकेा बताएका छन् ।

घटनामा संलग्न भएको आशंकामा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

 

२०७४ माघ २८ गते ११:२० मा प्रकाशित

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ