तेस्रो मधेश आन्दोलनमा खुट्टा गुमाएकालाई प्रदेश सरकारको सहयोग

समाचार

9/16/2018

सप्तरी, २१ भाद्र । तेस्रो मधेश आन्दोलनमा खुट्टा गुमाएका सप्तरीका हनुमाननगर कंकालिनी नगरपालिका–३ भारदहका श्रवणकुमार झालाई प्रदेश २ को सरकारले राहत रकम उपलब्ध गराएको छ ।

प्रदेश नं २ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले झालाई तीन लाख रुपैयाँ राहत रकम उपलब्ध गराएका हुन् ।

मन्त्री साहले आन्दोलनका क्रममा शहीद भएकाको परिवार र घाइतेको जीवनयापन सहज गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।

विसं २०७२ मङ्सिर ५ गते तेस्रो मधेश आन्दोलनका क्रममा प्रहरीको गोली लागेर झाको दायाँ खुट्टामा चोट लागेको थियो । त्यतिबेला उपचारकै क्रममा उनको खुट्टा काट्नुपरेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ