काठमाडौंः पार्टी एकताको निर्णय नभएसम्म सरकारमा सहभागी नहुने मनस्थितिमा रहेको माओवादी केन्द्रमा पनि मन्त्री बन्नका लागि भने दौडधुप सुरु भइसकेको छ ।
एक दुई दिनमा नै पार्टी एकताको निर्णय हुने सम्भावना देखिएपछि माओवादी नेताहरुले मन्त्री बन्नका लागि दौडधुप तिब्र बनाएका हुन् ।
माओवादी केन्द्रले कुन कुन मन्त्रालय पाउने भन्ने निश्चित नभए पनि मन्त्री बन्नका लागि नेताहरुले शीर्ष नेताहरुसंगको भेटघाट र छलफललाई तिब्र बनाएका छन् ।
माओवादीमा वर्षमान पुन, टोपबहादुर रायमाझी, देव गुरुङ, अग्नि सापकोटा, शक्ति बस्नेत, पम्फा भुषाल, देवेन्द्र पौडेल, चक्रपाणी खनाल, हितबहादुर शाही लगायतका नेताहरुको चर्चा छ ।
माओवादी केन्द्रले शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा मन्त्री बनेकाहरुलाई सकेसम्म नदोर्याउने तयारी गरेको छ ।
तपाईको प्रतिक्रिया