पुनर्निर्माणलाई द्रूत गतिमा अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

समाचार

9/16/2018

काठमाडौं, २१ भाद्र । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्माणको कामलाई द्रूत गतिमा अघि बढाउन निर्देशन दिएका छन् । प्राधिकरणको निर्देशक समितिको १३ औं बैठकलाई सिंहदरबारमा सम्बोधन गर्दै समितिका अध्यक्ष समेत प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले ऐन नियमले कुनै प्रकारका ढिलाइ भए त्यसलाई फुकाएर भूकम्प पीडितलाई यथासक्य चाँडो घरबासको व्यवस्था मिलाउनु पर्ने बताए ।

प्राधिकरण निश्चित समयका लागि भएकोले यसले पनि समयभित्रै काम सम्पन्न गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । “पुन निर्माण प्राधिकरण घाम जुन रहेसम्मका लागि स्थापना गरिएको होइन” प्रधानमन्त्री ओलीले भने “त्यस कारण यसले यथासक्य चाँडो पुननिर्माणको काम सम्पन्न गर्नुपर्दछ ।”

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ