लागुऔषध, महिलाहिंसा र सडक दुर्घटना प्रदेश ५ प्रहरीलाई मुख्य चुनौती : डिआइजी बस्नेत

समाचार

9/16/2018

चन्द्रकान्त खनाल, रुपन्देही, १६ भाद्र । प्रदेश ५ का प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक शेरबहादुर बस्नेतले आम नागरिकको शान्ति सुरक्षा नै प्रहरीको प्रमुख चुनौती रहेको बताएका छन् ।

उनले यो प्रदेशमा मुख्य गरि लागु औषध सवारी दुर्घटना र महिला हिंसा सबैभन्दा चुनौतीको रुपमा रहेको बताएका छन् । बुटवलमा रिपोर्टर्स क्लव प्रदेश ५ द्वारा आयोजित शान्ति सुरक्षा र मानबअधिकार बिषयक साक्षात्कारमा बोल्दै उनले जनताको जनधनको सुरक्षाका लागि प्रहरी प्रशासन प्रतिबद्ध रहेको बताए ।

उनले सुरक्षा बिना बिकास सम्भब नभएको प्रष्ट गर्दै नेपाल प्रहरीले समग्र नागरिक संग सहकार्यगर्न चाहेको बताए। प्रदेश ५ मा १ बर्षे कार्ययोजना बनाएर सुरक्षा सर्तकता बढाइएको समेत बस्नेतले बताए ।

१ बर्षे कार्ययोजना बनाएका छौं,सडकमा सुरक्षित ढंगले हिड्न पनि हामीले सिकाएका छौं’ बस्नेतले भने—‘ समाजमा भएका गैर सामाजिक र गैरकानुनी कामहरुलाइ पत्रकारहरुले प्रहरीसंग ल्याइदिएर सहयोग गर्नूस उनले भने ।

अपराधको श्रृङ्खला बढेको भन्दा पनि अहिले बाहिर आउने क्रम बढेको भन्दै लागु भएको नया अपराध संहिताले काम गर्नमा केहि झण्झट बनाएको वताए । बितेको ३ बर्षको जबरजस्ती करणी,हाततियार,महिला हिंसा,दुर्घटना,बेचबिखनको संख्या बढेको भन्दै सबैमिलेर निर्मूल पार्नुपर्ने बस्नेतको भनाई छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ