६ वटै प्रदेशमा राष्ट्रियसभा निर्वाचनको मतदान सुरु

समाचार

2/7/2018

काठमाडौं–   राष्ट्रिय सभा सदस्य पदका लागि आज मतदान हुँदैछ । 


यो चुनावका लागि ६ वटा प्रदेशका १२ मतदान केन्द्रबाट बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने कार्यक्रम तय भएको आयोगले जनाएको छ ।

यसका लागि तोकिएका मतदान केन्द्रमा मतदाता पुगिसकेका छन् । ५६ जना सदस्य पदका लागि आज मतदान हुदैछ ।

 
प्रदेश २ मा आठै जना सदस्य निर्विरोध निर्वाचित भएकाले आज ६ वटा प्रदेशमा मात्रै मतदान हुनेछ ।
निर्वाचनमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख, उपप्रमुख  र प्रदेशसभाका सदस्यले आआफ्नो मतदान केन्द्र पुगेर राष्ट्रियसभा सदस्यका उम्मेदवारलाई मतदान गर्नेछन् । 


संविधानअनुसार एकल संक्रमणीय मत प्रणालीअनुसार प्रत्येक प्रदेशबाट ८ जनाका दरले कुल ५६ जना निर्वाचित हुने र ३ जना राष्ट्रपतिबाट मनोनीत हुनेछन् । ५६ पदमध्ये २४ जना निर्विरोध भइसकेकाले ३२ पदका लागि मात्र निर्वाचन हुन लागेको हो । 


जसमा जम्मा मतदता २०५६ भएपनि २ नम्बर प्रदेशमा सवै उम्मेदवार निर्विरोध भइसकेकाले अव प्रदेश १,३,४,५,६ र ७ मा मात्रै चुनाव हुनेछ । 
यी प्रदेशमा रहेका १६७७ मतदाताले मतदान गर्नेछन्। प्रत्येक प्रदेशबाट निर्वाचित हुने आठ जनामध्ये महिला तीन, दलित एक, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायबाट एक र अन्य तीनजना हुनेछन् ।


महिला तीन र अन्य तीन सदस्यका लागि एकल संक्रमणीय मत प्रणालीअनुसार मतदान हुनेछ भने दलित एक, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायबाट एक गरी दुई सदस्यका लागि  राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेशअनुसार सबैभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवार निर्वाचित हुनेछन् ।


प्रदेश १ मा ३ महिला अन्य तीन गरी जना निर्विरोध भएकाले दलित र अल्पसंख्यक २ जनाका लागि मात्रै निर्वाचन हुनेछ । 
यस्तै प्रदेश नम्बर ३ मा आठै पदमा निर्वाचन हुनेछ भने ४ मा अपाङगता भएका वा अल्पसंख्यक निर्विरोध भएकाले सात पदमा निर्वाचन हुदैछ । 


त्यसैगरी प्रदेशश ५ मा ३ महिला निर्विरोध भएकाले ५ सदस्यका लागि चुनाव हुनेछ । 
६ नम्बर प्रदेशका सवै पदमा निर्वाचन हुनेछ भने सातमा तीन महिला र अन्य तीन निर्विरोध भएकाले बाँकी २ पदमा निर्वाचन हुनेछ ।  

रातोपाटि

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ