राष्ट्रपतिबाट सन्तपुर नमुना बस्ती हस्तान्तरणः यस्तो देखियो बस्ती (फोटोफिचर)

समाचार

2/7/2018
 

 

रौटहट - धुर्मुस–सुन्तली फाउण्डेसनद्वारा निर्मित सन्तपुर एकीकृत नमुना बस्ती हस्तान्तरण गरिएको छ । माघ २४ गते हस्तान्तरण गर्ने गरी निर्माण भएको बस्तीको एक दिन अगावै राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेर हस्तान्तरण गरिएको हो ।

कलाकार सीताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीको पहलमा रौतहटको चन्द्रपुर नगरपालिका वडा नं ८ सन्तपुरमा बाढीपीडित दलित परिवारका लागि बस्ती निर्माण गरिएको हो ।

सुविधासम्पन्न ४७ वटा घर आज राष्ट्रपति विद्यादेवी भण्डारीले हस्तान्तरण गरेकी छन् । राष्ट्रपतिले बस्तीका सत्यनारायण माझीलाई चावी हस्तान्तरण गरेकी थिइन् ।

गत असोज ४ गते शिलान्यास गरिएको सो नमूना बस्तीमा सामुदायिक भवन, मन्दिर, क्लबघर, भ्यू टावर समेत निर्माण भएका छन् । गत साउनमा आएको बाढीले सो गाउँका दलित परिवारको घर डुबानमा परेपछि धुर्मुस–सुन्तलीको पहलमा सुविधा सम्पन्न घर बनाइएको हो ।

करिब पाँच करोड ९६ लाखको लागतमा निर्माण भएको सो बस्ती कलाकार धुर्मुस दिनरात आफैँ खटेर काम गर्दै आएका थिए । धुर्मुस–सुन्तली फाउण्डेशनको यो चौथो परियोजना हो । एकीकृत नमूना बस्ती अपांगतामैत्री, बालमैत्री, वातावरणमैत्री संरचनाअनुसार निर्माण भएको फाउण्डेशनका अध्यक्ष तथा कलाकार धुर्मसले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ