काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले फागुन ६ गते राजिनामा दिने भएका छन् ।
देउवा निकट श्रोतका अनुसार निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फको अन्तिम नतिजा राष्ट्रपति विद्या भण्डारीलाई बुझाएको भोलिपल्ट राजीनामा गर्नेगरी निकटहरुसँग छलफल चलाएका हुन् ।
निर्वाचन आयोगले प्रकृया छोट्याएर फागुन ५ गते प्रतिनिधि सभासदस्यको समानुपातिक परिणाम राष्ट्रपतिलाई बुझाउने तयारी गरेको छ ।
त्यसअनुसार कुनै प्राविधिक गडबडी नभए देउवाको राजिनामा फागुन ६ गते आउने छ ।
कानुन मन्त्री यज्ञ बहादुर थापाले पनि चुनावी सरकार भएकाले चुनावको नतिजा आएपछि सरकारमा बसिरहन नमिल्ने बताए ।
‘यो चुनावी सरकार हो, चुनावको नतिजा आएको भोलिपल्ट नै प्रधानमन्त्रीले राजिनामा दिनुहुन्छ’ मन्त्री यज्ञबहादुर थापाले रातोपाटीलाई बताए ।
प्रदेश र प्रतिनिधि सभा निर्वाचन सकिएपनि प्रधानमन्त्री देउवाले राजिनामा नदिएको भन्दै आलोचना हुदै आएको छ ।
२०७४ माघ २४ गते ५४३ मा प्रकाशित
तपाईको प्रतिक्रिया