रौतहट, ३ कार्तिक । बम विस्फोटका घाइतेलाई ईंट्टा भट्टामा हालेर हत्या गरेको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद आफ्ताब आलमलाई पुनः ५ दिन हिरासतमा राखिने भएको छ ।
राजपुर बमकाण्डको आरोपमा पक्राउ परेका पूर्वमन्त्री मोहमद आफताव आलमलाई अदालतले थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
जिल्ला न्यायाधीश चाणकमणि अर्यालको इजलासले आलमलाई थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।आलमका पक्षमा ८ जना कानून व्यवसायीले बहससमेत गरेका थिए भने सरकारी वकिल खडिण्द्रराज कटुवालले विपक्षमा बहस गरेका थिए ।
तपाईको प्रतिक्रिया