काठमाडौं, २३ फागुन । टीकापुर घटनासम्बन्धि जिल्ला अदालत कैलालीले गरेको फैसला दुर्भाग्यपूर्ण रहेको आरोप थारू कल्याणकारिणी सभाले लगाएको छ ।
थाकसका महामन्त्री प्रेमीलाल चौधरीले बिहीबार एक विज्ञप्ति जारी गरी यस्तो आरोप लगाएका हुन् ।
विशुद्ध संविधानको अन्तरबस्तु पहिचान सहितको नामाङ्कन, सीमाङ्कन एवं अधिकारका लागि शान्तिपूर्ण आन्दोलनरत् राजनीतिक अभियानलाई अपराधिक तथा फौजदारी मुद्दा बनाई फैसला गरेकोमा गम्भिर ध्यानाकर्षण भएको जनाइएको छ ।
टीकापुर घटना बारे सत्य तथ्य छानबिन गर्नका लागि तात्कालिन नेपाल सरकारले पूर्व न्यायाधीश गिरिश चन्द्र लाल दास नेतृत्वको न्यायीक समिति, सर्वदलिय संसदीय समिति र राष्ट्रिय मानवअधिकार आायोगको प्रतिवेदनहरू सार्वजनिक नगरी अवज्ञा गर्दै न्यायलयको फैसला आउनु दुर्भाग्यपूर्ण ठहर थाकसको छ ।
थारू कल्याणकारिणी सभा र थरूहट/थारूवान संयुक्त संघर्ष समिति उक्त फैसलाप्रति खेद व्यक्त गरेका छन् । यसैगरी, थाकसले विरोधका कार्यक्रमहरूसमेत सार्वजनिक गरेको हो ।
तपाईको प्रतिक्रिया