सिरहा, २६ भाद्र । राष्ट्रिय जनता पार्टी नेपाल सिरहाका अध्यक्ष रामबहादुर महतोको निधन भएको छ । उनी सिरहाका लागि मधेशवादी आन्दोलनको खम्बा थिए ।
हृदयघातका कारण उनको निधन भएको हो । उनको निधनप्रति राजपाका सहमहामन्त्री तथा प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले समवेदना प्रकट गरेका छन् । उनले भनेका छन्, ‘रामबहादुर दाजुको निधनले अत्यन्तै मर्माहत छु । उहाँको दुईटा खुबीबाट म निकै प्रभावित थिए । एउटा पार्टीको हरेक कार्यक्रममा पुग्ने अर्को राम्रो बक्ता ।
राजपा सिरहाले एउटा कुशल नेतृत्व गुमाएको छ । धेरै नै पीडा बोध भइरहेको छ ।’
तपाईको प्रतिक्रिया