रुपेन्द्र पटेल, रौतहट, २९ कार्तिक । राष्ट्रिय जनता पार्टी राजपाले रौतहट क्षेत्र नं १ (ख) को अध्यक्षमा युवा नेता संजीव यादवलाई चयन गरेको छ । राजपाको पिपरा बजारमा बसेको बैठकले निर्वाचन क्षेत्र १ को (ख) प्रदेश सभाको अध्यक्ष पदमा माधवनारायण नगरपालिका वडा नं ६ माधोपुरका संजीव यादवलाई सर्वसहमतिले चयन गरेको हो ।
(ख) विधान सभाको अध्यक्षमा सर्वसमतले चयन भएका यादव माधोपुरका वडा अध्यक्ष राजीव यादवका भाई रहेको बताएका छन् । त्यस्तै बैठकले क्षेत्र नं १ को (क) प्रदेश सभाको अध्यक्षमा राम तपलेश्वर सिंह र प्रतिनीधि सभाको अध्यक्षमा विश्वम्भर राय यादवलाई सर्वसमतिले चयन भएको हो । विधान सभाको अध्यक्ष जस्तो गरिमामय पदमा चयन भएका संजीय यादवले आफु ईमान्दारीपूर्वक काम गर्ने प्रतिवद्धता जनाएका छन् ।
सधै राजनीति प्रति चासो राख्ने, देश र जनतालाई सेवा गर्नबाट पछि नहट्ने नेता संजीव यादव आफुलाई अध्यक्ष जस्तो निकै महत्वपूर्ण र जिम्मेवार पद दिने पार्टी राजपाप्रति हार्दिक आभार प्रकट गर्दै धन्यवाद दिएका छन् ।
राजपा अध्यक्ष मण्डलका सदस्य, पुर्व मन्त्री एवं रौतहट क्षेत्र नं १ का सांसद अनिल कुमार झाले अध्यक्षमा निर्वा्चित भएका युवा नेता संजीव यादव सहित तिनै जनालाई टिका माला लगाएर सफल कार्यकालको शुभकामना दिएका थिए । त्यस्तै प्रदेश सांसद बाबुलाल साह र वडा अध्यक्ष राजीव यादव समेत निर्वाचित भएकाहरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् ।
तपाईको प्रतिक्रिया