अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षहरुले भ्रस्टाचारको ताण्डव मचाए : कांग्रेस

राजनीति

4/30/2019

रौतहट, १७ बैशाख । रौतहट जिल्लाको यमुनामाई गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षको बीचमा बजेटको विषयलाई लिएर चुलिएको विवाद उत्कर्षमा पुगेको अवस्थामा नेपाली कांग्रेसले गाउँपालिकामा चरम भ्रस्टाचार भएको आरोप लगाएका छन् ।

तत्कालीन एकीकृत नेकपा माओवादीबाट निर्वाचित गाउँपालिका अध्यक्ष श्रीप्रसाद मुखिया र उपाध्यक्ष गीता साह विच चालू आर्थिक वर्षको बजेटको विषयमा उत्पन्न भएको विवादमा कांग्रेसले पासो फालेको हो ।

नेपाली कांग्रेस क्षेत्र नम्बर १ का क्षेत्रीय अध्यक्ष एवं गाउँपालिका अध्यक्ष प्रत्यासी श्रीराम यादवले सोमवार पत्रकार सम्मलेन गरी अध्यक्ष मुखिया, उपाध्यक्ष साह, तत्कालीन निमित प्रमुख प्रशासकीय अधिकृत पुष्कर घिमिरे, वडाअध्यक्ष नन्दलाल यादव सहितका ४ वडा अध्यक्षहरु मिलेर करोडौँ रकम भ्रस्टाचार गरेको आरोप लगाएका छन् ।

गाउँपालिकामा नेकपाका बहुमत रहेकोले सबै जना मिलेर सरकारको रकम तथा आन्तरिक राजश्व समेत अनियमितता गरेको कांग्रेसको ठहर रहेको छ ।

कांग्रेसका कार्यकर्ताहरुले मशीन खरीद, जग्गा खरीद, मोबाइल खरीद, स्टेशनरी खरीद, कार्यालय सञ्चालनको रकम अनियमितता गरेकोले छानविन गरी कार्यवाही गरिनु पर्ने जोडदार माग गरेका छ ।

कांग्रेसका रणधीर कुमार सिंहले पार्टीगत दम देखाएर निर्वाचित जनप्रतिनिधिहरुले लूट मचाएको बताएका छन् । गाउँ–गाउँमा सिंह दरवार आएको भएपनि यसको विपरीत निर्वाचित जनप्रतिनिधिहरु आफ्नो मोनोपोली गर्ने गरेको उनको कथन रहेको छ । सूचना माग गर्दा पनि सूचना उपलब्ध नगराएको बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ