अन्ततः सरकारबाट बाहिरिए उपेन्द्र (राजीनामा पत्रसहित)

राजनीति

12/24/2019

काठमाडौं, ८ पुस । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले उपप्रधान एवं कानून, न्याय तथा संसदीय मामिला मन्त्रीको पदबाट राजीनामा दिएका छन् ।

यादवले सोमबारको मन्त्रिपरिषद्को बैठकमा संविधान संशोधनको प्रस्ताव पेश गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले ठाढै अस्वीकार गरेका थिए ।

२०७५ जेष्ठ १४ गते संविधान संशोधन लगायतका माग र मुद्दाहरु सम्बोधन गर्ने सन्दर्भमा दुईबुँदे सहमति गरी उपेन्द्र यादव सरकारमा सहभागी भएका थिए ।

संविधान संशोधनको प्रस्तावलाई प्रधानमन्त्रीले अस्वीर गरेर दुईबुँदे सहमतिलाई तोडेको भन्दै नैतिकताको आधारमा सरकारमा बसिरहन औचित्य नरहेको भनी राजीनामा दिएका हुन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ