अब राजतन्त्र फर्कदैंन ढुक्क हुनुहोस् : भट्टराई

राजनीति

10/17/2019

काठमाडौं, ३० असोज । सत्तारुढ दल समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री समेत रहेका डा. बाबुराम भट्टराईले अब कुनैपनि हालतमा राजनत्न्त्र नफर्कने बताएका छन् ।

पार्टीको आयोजनामा बिहीवार आयोजना भएको चाडवाड लक्षित शुभकामना आदान प्रदान कार्यक्रममा बौल्दै उनले राजतन्त्र फर्कने सम्भावना कुनैपनि हालतमा नरहेको बताएका हुन् ।

‘राजतन्त्र आवश्यक छैन भनेर गणतन्त्र ल्याएका हौ,’ उनले भने, ‘राजतन्त्र फर्कन्छ भनेर शंका गर्नुपर्दै, कुनै हालतमा आउँदैन, आउन पनि हुँदैन ।’ जातिय र वंशिय आधारमा देश चलाउने दिन समाप्त भएको तर्क गर्दै उनले लोकतान्त्रिक गणतन्त्र पश्चात मुलुक विकास र समृद्धिको नयाँ चरणमा पुगेको र एजेण्डा समेत फेरिएको बताए ।

नेता भट्टराईले मुलुक लोकतान्त्रिक गणतन्त्रात्मक यात्रामा अघि बढिसकेकोले अब यसबाट पछि फर्कन नसक्ने जिकिर गरे । गणतन्त्रलाई टेकेर समृद्ध नेपाल बनाउने एजेण्डामा अघि बढ्न उनले सबैलाई आग्रह समेत गरे । दलहरु बीच एकता हुनु आवश्यक रहेको उनले बताए ।

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ