रिलायबलको अभिकर्ता अभिमुखिकरण बुटवलमा

राजनीति

9/19/2019

बुटवल, २९ भाद्र । ज्ञानेश्वरमा प्रधान कार्यालय रही देशका विभिन्न स्थानहरुमा ५८ वटा शाखा सञ्जाल विस्तार गर्न सफल रिलायबल नेपाल लाईफ ईन्स्योरेन्स लिमिटेडले अभिकर्ता अभिमुखिकरण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

क्षेत्रीय प्रवन्धक सुरेन्द्र थापाको विशेष प्रशिक्षणमा संस्थाले शनिबार बुटवलमा उक्त कार्यक्रम सम्पन्न गरेको हो । साथै प्रदेश नं. ४ का क्षेत्रीय प्रवन्धक सरोज अधिकारी, भूमही शाखाका शाखा प्रवन्धक कुशराज खनाल, भैरहवा शाखाका शाखा प्रवन्धक गणेश गैरेले पनि अभिकर्तालाई प्रशिक्षण दिएको क्षेत्रीय कार्यालय बुटवलले जनाएको छ ।

कार्यालयका अनुसार चार सय भन्दा बढी अभिकर्ताहरुलाई बिहान ११ बजे देखि दिउँसो ४ बजे सम्म सञ्चालन भएको कार्यक्रममा बिमा के–का लागि र कहिले गर्ने ? कस्तो अवस्थामा गर्ने ? कस–कसले गर्ने ? बिमा गर्दाका फाईदा र नगर्दाका बेफाईदा के ? लगायतका विषयहरुमा अभिकर्तालाई विशेष प्रशिक्षण दिएको थियो । त्यसैगरी रिलायबल नेपाल लाईफईन्स्योरेन्समा बिमा गर्दा अन्य ईन्स्योरेन्सहरुको भन्दा थप के–कस्ता फाईदाहरु छन् भन्ने विषयमा पनि अभिकर्ताहरुलाई प्रष्ट्याईएको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ