अमर यादवको फोरम नेकपामा विलय

राजनीति

4/30/2019

काठमाडौं, १७ बैशाख । अमर यादव नेतृत्वको मधेश तराई फोरम नेपाल कम्युनिष्ट पार्टीमा विलय भएको छ ।

मंगलबार नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा प्रचण्डले यादव नेतृत्वको पार्टीलाई समावेश गराएका हुन् ।

संविधानमा देखिएका केही असन्तुष्टिलाई आगामी दिनमा सरकार एवम् संसदको माध्यमबाट सम्बोधन हुने कुराप्रति विश्वास व्यक्त गर्दै मधेश तराई फोरम नेकपामा समायोजन भएको घोषणा अमर यादवले गरेका छन् ।

मधेश तराई फोरमका नेता कार्यकर्ताहरुलाई नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले फुलमाला तथा अबिर लगाई स्वागत गरेका हुन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ