आगामी निर्वाचनमा कांग्रेस पहिलो पार्टी बन्छ : निधि

राजनीति

8/21/2019

बुटवल, ४ भाद्र । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले आगामी निर्वाचनमा कांग्रेस पहिलो पार्टी बन्ने दाबी गरेका छन् ।

मंगलबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा संचारकर्मीहरुसँग कुरा गर्दै निधिले अहिलेको सरकारले कुनै उदाहरणीय काम गर्न नसकेको पनि बताए ।
अहिलेको सरकार जनताको नजरमा पनि असफल सिद्ध भइसकेको उनको दाबी रहेको छ । उनले भने, ‘अहिलेको सरकारले न त विकास गर्न सकेको छ, न अधिकारका क्षेत्रमा काम गर्न सकेको छ ।’

उल्टै जनताको अधिकार खोस्ने प्रयास गरेको भन्दै उनले खवरदारी गर्ने वेला आएको बताए । कम्युनिस्टहरुको चरित्र नै निरङ्कुश भएको भन्दै उनले आवश्यक परे आन्दोलनका लागि तयार रहन कार्यकर्तालाई निर्देशन दिए । 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ