जनकपुरधाम, २४ फागुन । संघीय सरकारले प्रमुख जिल्ला अधिकारीलाई आफ्नै मातहत राखी सर्वशक्तिमान बनाउने तैयारी गरिरहेको बेला प्रदेश नं. २ को सरकारले आफ्नै प्रदेश प्रशासनिक अधिकारी राख्ने तैयारी शुरु गरेको छ ।
मन्त्रिपरिषद्को शुक्रबार सम्पन्न बैठकले प्रदेश प्रशासन सम्बन्धि विधेयक पारित गरेको हो ।
उक्त विधेयक प्रदेश सभाबाट पारित भएपछि प्रदेश सरकारले जिल्लाहरुको शान्ति सुरक्षा कायम गर्नुका साथै प्रदेश प्रहरीलाई परिचालन समेत गर्ने गरि आठवटै जिल्लामा आफ्नै प्रशासनिक अधिकारी राख्ने बाटो खुला हुने छ ।
मन्त्रिपरिषद्को बैठकले प्रदेश प्रशासन सम्बन्धि ऐनका साथै प्रदेश वन सम्बन्धि ऐन, प्रदेश उद्योग सम्बन्धि ऐन, प्रदेश पर्यटन सम्बन्धि ऐन समेतलाई पारित गरेको हो ।
तपाईको प्रतिक्रिया