आलमको पक्षमा कांग्रेसले मौन प्रदर्शन गर्ने

राजनीति

10/25/2019

रौतहट, ७ कार्तिक । राजपुर बम काण्डका आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका निलम्बित सांसद मोहम्मद आफताव आलमको पक्षमा शुक्रवार नेपाली कांग्रेसले विरोध प्रदर्शन गर्ने भएको छ ।

जिल्ला कार्य समितिको बिहीबार सम्पन्न भएको बैठकबाट दबाब सिर्जना गर्ने उद्देश्यले शान्तिपूर्वक मौन प्रदर्शन गर्ने निर्णय गरेको हो ।

कार्य समितिको बैठकवाट भएको निर्णय सार्वजनिक गर्दै नेपाल तरुण दल रौतहटका जिल्ला अध्यक्ष शेख नौशाद आलमले शान्तिपूर्वक कालो पटी बाँधेर मौन प्रदर्शन गर्ने बताएका छन् ।

अदालतले दिएको दोस्रो पटकको म्याद सकिएको छ । शुक्रवार तेस्रो पटकको म्याद थपका लागि प्रहरीले आलमलाई अदालतमा पेश गर्नेछ । पक्राउ परेको सांसद आलमको विषयलाई लिएर गौरमा व्यापक प्रहरी परिचालन गरिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ