इटहरी, २ असोज । संविधान दिवसका अवसरमा आयोजित सरसफाई कार्यक्रमका क्रममा विजुलीका पोलमा डोको राखिएको हो । नसड्ने फोहोर हाल्नका लागि डोको राखिएको हो । पर्यटकहरुको सहजताका लागि इटहरी चौक आसपास, खनार, पकलीका पोलमा डोको राखिएको इटहरी उपमहानगर वातावरण शाखा प्रमुख पुष्प चौधरीले वताए ।
इटहरीमा संविधान दिवस ४ दिनसम्म भव्यताका साथ मनाउने कार्यक्रम अनुरुप बुधबार पोलहरुमा डोको राखिएको हो । बिहीबार विहान आठ वजे पाथीभरा फुटबल काब्यवाटिका इटहरीमा इटहरी उपमहानगर र पत्रकार,उद्योग वाणिज्य संघ र नागरिक समाज विच मैत्रीपूर्ण फुटबल हुनेछ ।
यसैगरी भोली विहान ११ वजेदेखि जनसहयोग क्यामपस तरहरामा संविधान कार्यावन्यनमा युवाको भूमिका विषयक अन्तर क्यामपस वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको छ । यसैगरी भोली नै शारदा उच्च मावि खनारमा नेपालको संधिवान र अवसरहरु विषयक उच्च मावि स्तरीय निवन्ध प्रतियोगिता हुने छ ।
भोली अपरान्ह चार वजे पकली स्थित वृद्धाश्रमका जेष्ठ नागरिकलाई फलफूल वितरण इटहरी २ स्थित मायाँघरका सुत्केरीलाई पोषणयुक्त खाद्यान्न र कपडा वितरण तथा निःसहाय वाल आश्रममा खाद्यान्न वितरण कार्यक्रम गरिने छ । असोज ३ गते विहान रक्तदान कार्यक्रम आयोजना गरिएको छ । इटहरी उपमहानगर परिसरमा रक्तदान कार्यक्रममा सरिग हुन उपमहानगरले नगरवासीमा आग्रह गरेको छ ।
तपाईको प्रतिक्रिया