उखु किसानलाई ब्याज र सरकारी अनुदानसहित भुक्तानी गर्न राजपाको माग

राजनीति

1/1/2020

काठमाडौं, १६ पुस । गत एक सातादेखि काठमाडौंकेन्द्रित आन्दोलनरत् उखु किसानहरुलाई ब्याज र सरकारी अनुदानसहित भुक्तानी दिन राष्ट्रिय जनता पार्टी नेपालले सरकारसँग माग गरेको छ ।

राजपा अध्यक्षमण्डलका संयोजक राजेन्द्र महतोले बुधबार एक विज्ञप्ति जारी गर्दै उखु किसानले विगत कैयौं वर्षदेखि आफ्नो उखुको भुक्तानी नपाएकोले सुगर मिलका मालिकहरुसँग ब्याज र सरकारी अनुदानसहित भुक्तानीका लागि माग गरेका छन् ।

संयोजक महतो आफै पनि उखु किसानको आन्दोलनमा ऐक्यबद्धता जनाएका छन् । उनले सरकारले आवश्यक पहलकदमी नगरे यसबाट उत्पन्न हुने भवायह परिस्थितिको जिम्मेवारी सरकारले नै लिनुपर्ने चेतावनी दिएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ