विराटनगर, १७ बैशाख । राष्ट्रिय जनता पार्टी नेपालले सडक र सदनमा देशव्यापी सशक्त आन्दोलन गर्ने घोषणा गरेलगत्तै सत्तारुढ दल संघीय समाजवादी फोरम नेपालले पनि आन्दोलनको धम्की दिएको छ ।
उपप्रधान तथा स्वास्थ्यमन्त्री एवम् फोरमका अध्यक्ष समेत रहेका उपेन्द्र यादवले आफ्ना नेता कार्यकर्ताहरुलाई सडक संघर्षको तयारीमा जुट्न आह्वान गरेका छन् ।
नेपाल सरकारको उपप्रधान तथा स्वास्थ्य तथा संख्यामन्त्रीसमेत रहेका यादवले विराटनगरमा यस्तो बताएका हुन् । यादवले संविधान संशोधनप्रति सरकार गम्भीर नरहेको भन्दै सडक संघर्षका लागि नेता कार्यकर्ताहरुलाई तयारीमा जुट्न आह्वान गरेका हुन् ।
सरकार र सदनबाट संविधान संशोधनको वातावरण नबनेकाले सडक आन्दोलनको तयारीमा रहेको यादवको भनाइ थियो ।
संविधान संशोधनसहित दुईबुँदे सम्झौता गरी सरकारमा सहभागी भएका फोरम अध्यक्ष यादवले सडक संघर्षको विकल्प नरहेको बताएका छन् । उनले अहिलेका दुई तिहाइको कम्युनिस्ट सरकार संघीयता कार्यान्वयनको पक्षमा नरहेको आरोपसमेत लगाए ।
तपाईको प्रतिक्रिया