एकता अन्तिम चरणमा : महतो

राजनीति

10/24/2019

जनकपुरधाम, ६ कार्तिक । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डल नेता राजेन्द्र महतोले समाजवादी पार्टीसँगको एकता प्रक्रिया अन्तिम चरणमा रहेको बताएका छन् ।

जनकपुर उपमहानगरपालिकामा बुधबार आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रमममा महतोले सो कुरा बताएका हुन् । दुवै पार्टीको नाम समायोजन हुने गरी पार्टीको नाम, छाप र भ्रातृ संगठन लगायतका बिषयमा सहमति भइसकेको जानकारी दिए ।

उनले महन्थ ठाकुरलाई सर्वोच्च नेता र समाजवादी पार्टी सरकारबाट बाहिरिने लगायतका विषयमा छलफल भइरहेको बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ