सर्लाही, ६ कार्तिक । सर्लाही जिल्लाका उखु किसानहरुले भुक्तानीको माग गर्दै जिल्ला प्रशासन कार्यालय सर्लाहीमा ज्ञापन पत्र बुझाएका छन् ।
मंगलबार राष्ट्रिय जनता पार्टी नेपालका सहमहामन्त्री राकेश मिश्रसहित पीडित उखु किसानहरुले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका हुन् ।
सर्लाहीको धनकौलस्थित अन्नपूर्ण सुगर मिलले विगत तीन आर्थिक वर्षदेखि हालसम्म उखु किसानसँग उखु खरिद गरेको तर भुक्तानी दिएको छैन । यससम्बन्धमा ताकेता गरिएपनि आश्वासन मात्र पाउँदै आएको उखु किसानहरुको गुनासो छ ।
एक हप्ताभित्र उखु किसानको भुक्तानी राज्यले गराउन सकेन भने घनघोर आन्दोलन गर्ने चेतावनी दिएको छ ।
आन्दोलनबाट हुने क्षतिको सम्पूर्ण जिम्मेवारी राज्यले लिनुपर्ने चेतावनीसमेत किसानहरुले ज्ञापनपत्रमार्फत् दिएका छन् ।

तपाईको प्रतिक्रिया