काठमाडौं, २५ मंसिर । नेपाल–भारत खुल्ला सीमा सम्वाद समूहका संयोजक राजीव झाले नेपाल र भारतबीच रहेको ऐतिहासिक सम्बन्धलाई बिगार्न विदेशी एजेन्टहरु अहिले नेपालमा सक्रिय रहेको बताएका छन् ।
नेपाल–भारतबीच अहिले देखिएको विवादाबरे बोल्दै संयोजक झाले भनेछन्, ‘कुनै विवादै होइन, केही अतिवादीहरुले सम्बन्ध बिगार्नका लागि यस्ता प्रपञ्च गरेका छन् ।’
उनले यदि भारतले नेपालको भूमि आफ्नो नक्सामा राखेको छ भने अविलम्ब सरकारले कुटनीतिक पहल थाल्नुपर्ने सुझाव दिएका छन् ।
‘तर, केही विदेशी दलालहरुले नेपाल–भारतको खुल्ला सीमालाई बदनाम गर्न लागिपरेका छन् । कालापानी र लिपुलेक नेपालको नक्सामा अझै पनि छैन । वास्तवमा कालापानी र लिपुलेक नेपालकै हो तर, नेपालको नक्सामा किन परेको छैन भन्नै गम्भीर विषय हो ।’
तपाईको प्रतिक्रिया