काठमाडौं, ३ पुस । सत्तारुढ नेकपा र राजपा नेपालबीच आसन्न राष्ट्रियसभा निर्वाचनका लागि सहकार्य गर्ने सहमति भएपछि जनमत पार्टीका अध्यक्ष सीके राउतले टिप्पणी गरेका छन् ।
उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले सरकार गठनताका गरेको सहमति र हाल नेकपा–राजपाबीच भएको दुई बुँदे सहमतिका विषयमा टिप्पणी गर्दै राउतले ‘उनीहरुलाई ओलीको हातमा बिक्नेवाला’ भनेर टिप्पणी गरेका छन् ।
राउतले हिन्दी भाषामा सामाजिक सन्जाल फेसबुकमा लेख्दै भनेका छन, ‘आँख हैं तो मधेश को बारबार बेचनेवाले, ‘ओली के हाथों बिकनेवाले ‘राजपा, फोरम समाजवादी) को देखो । वरना हीरा को ईंट सम्झकर मारते रहो ।’
उनले फोरम समाजवादी र राजपाका नेताहरुले आफ्नो पार्टीको विषयमा जनता माझ भ्रम छरेको समेत दाबी गरेका छन् ।
तपाईको प्रतिक्रिया