महोत्तरी, २४ कार्तिक । महोत्तरीको पिपरा गाउँपालिकामा मंसिर १४ गते हुने उपनिर्वाचनमा नेपाली कांग्रेस महोत्तरीले विजयकुमार यादवलाई उम्मेदवार बनाएको छ ।
उम्मेदवारको नाम छनौट गर्न बसेको संसदीय बोर्डको बैठकबाट यादवको नाम बहुमतले सिफारिस गरिएको हो । नेपाली कांग्रेस महोत्तरीका सभापति महेन्द्रकुमार रायले क्षेत्रीय र प्रदेश कमिटीबाट १३ जना उम्मेदवारको नाम सिफारिस भई आएको बताए । जसमध्ये ८ जनाले विजय कुमार यादवको नाम बहुमतले पारित भई छनौट गरिएको छ ।
शुक्रवार पार्टीको जिल्ला कार्यसमितिको बैठकबाट यादवको नाम अनुमोदन भई अन्तिम छनौट हुने सभापति रायले बताए । सिफारिस गरिएका यादव समाजवादी पार्टी नेपालका केन्द्रीय नेता तथा पूर्व कृषि मन्त्री हरिनारायण यादवका भाइ हुन् । दाजु हरिनारायण यादव समाजवादी पार्टीमा छन् भने भाइ विजय यादव नेपाली कांग्रेसमा छन् ।
तपाईको प्रतिक्रिया