रौतहट, १३ चैत । नेपाल कम्युनिष्ट पार्टी प्रदेश नं २ का अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य प्रभु साहले नेपाली कांग्रेस जनविरोधी काममा लागेको आरोप लगाएका छन् ।
उनले कांग्रेसका केही नेताहरु संविधान विरोधी गतिविधिमा लागेको आरोप लगाएका हुन् । फगुवा विजयपुर नगरपालिकास्थित खैरा टोलमा आयोजित विकास निर्माणसम्बन्धी अन्तक्र्रिया कार्यक्रममा उनले यस्तो आरोप लगाएका हुन् ।
राजतन्त्र, गणतन्त्र, हिन्दूराष्ट्र र सङ्घीयताका लागि जनमत सङ्ग्रहको माग गरेर समाजलाई पुनः अराजकतातर्फ धकेल्न खोजेको साहको भनाइ थियो ।
तपाईको प्रतिक्रिया