कांग्रेसले सरकारलाई कमजोर देखाउन प्रयास गरिरहेको छ : खनाल

राजनीति

2/25/2019

सुनसरी, १२ फागुन । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाली कांग्रेसले सरकारलाई कमजोर देखाउन हरसम्भव प्रयास गरिरहेको बताएका छन् ।

उनले दुई तिहाइ सरकारसँग चिडिएको नेपाली काङ्ग्रेस अनर्गल प्रचारबाजीमा जुटेर भ्रम पैदा गराउने खेलमा लागेको आरोप लगाए ।

सुनसरीको दक्षिणी क्षेत्र देवानगञ्ज गाउँपालिकामा आयोजित बृहत् सभा तथा कार्यकर्ता प्रवेश कार्यक्रममा नेता खनालले जनमतबाट बढारिएको काङ्ग्रेसले सरकारलाई कमजोर देखाउन हरसम्मत प्रयास गरिरहेको बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ