काठमाडौं, २२ कार्तिक । डा.सीके राउत नेतृत्वको जनमत पार्टीले काठमाडौंमा आमसभा गर्ने भएको छ । काठमाडौंको खुलामञ्चमा मंसिर ७ गते डा.राउत नेतृत्वको पार्टीले आमसभा गर्न लागेको छ ।
आमसभालाई जनमत पार्टीले ‘रंगभेद विरूद्ध एकताको दिवस’ भनेको छ । उक्त पार्टीले प्रत्येक वर्ष मंसिर १० गते रंगभेद विरूद्धको दिवस मनाउँदै आएको छ ।
आमसभाका लागि एक महिनादेखि तयारी भइरहेको छ भने सभामा मधेशका विभिन्न जिल्लाबाट समेत सहभागिता रहनेछ ।
यसअघि राउतले २०६८ साल चैत्र १८ गते संघीय मोर्चाले आयोजना गरेको आमसभालाई खुल्ला मञ्चमा सम्बोधन गरेका थिए ।
सरकारसँग ११ बुँदे सहमति गरी मूलधारको राजनीतिमा आएका राउतले आफ्नो नेतृत्वमा जनमत पार्टी गठन गरेका हुन् ।
तपाईको प्रतिक्रिया