केपी ओलीलाई कर प्रसाद ओलीको संज्ञा

राजनीति

4/2/2019

कपिलवस्तु, १९ चैत । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीलाई ‘कर प्रसाद ओली’ को संज्ञा दिएका छन् ।

वर्तमान दुई तिहाई सरकारसँग जनता आजित भइसकेको भन्दैे कर, मंहगी भ्रष्ट्राचार, शान्ति सुरक्षा दिन नसकेको भन्दै उनले सरकारबाट केही काम हुन नसक्ने बताए ।

देउवाले दुई तिहाइको नेतृत्व गरेको वर्तमान सरकारले जेमा पनि करै कर लगाएर जनतालाई दुःख दिएको आरोप लगाए । तौलिहवा उद्योग वाणिज्य संघद्वारा कपिलवस्तुको तौलिहवामा आयोजित छैठो प्राचीन कपिलवस्तुको उद्घाटन गर्दै कांग्रेस सभापति देउवाले सो कुरा बताएका हुन् ।

‘जेमा पनि कर बढाएर वर्तमान सरकारले जनतालाई दुःख दिएको छ’ उनल भने ‘त्यसैले प्रधानमन्त्री ओली अहिले कर प्रसाद ओली भएका छन् ।’ उनले बुढीगण्डकी जल बिद्यतु आयोजनालाई समेत बेचिएको आरोप लगाए ।

‘नेपाली जनतलो नै लगानी गर्न सक्थे तर बुढीगण्डकीलाई चिनियाँ कम्पनीलाई बेचियो’ उनले भने ‘त्यो आयोजना बेचेर विदेशीलाई फाईदा भएका छ’ । सो अवसरमा देउलाले बुद्ध धर्म र शिक्षा संबन्धी चर्चा गर्दै रामग्राम– लुम्बिनीलाईउ जोडेर पर्यटकी विकास गर्नु पनेमा जोड दिए ।

उनले मुलुकमा उद्योग विकासको अग्रसरता उद्योगीहरुरुले लिनु पर्ने बताए । महोेत्सव उद्घाटन गर्नु अघि तौलिहवास्थित स्वतन्त्र सेनानी स्वर्गीय दया र्शकर मुन्सीको घरमा गई उनका परिवारहरुसंग भेटघाट गरेका थिए ।

यस्तै सोमवारै देउवाले तौलेश्वरनाथ महादेव मन्दिरमा समेत दर्शन गरेका थिए । महोत्सवमा कांग्रेसका सह महान्त्री प्रकाश शरण महतले नेपाली लगानी भएको उद्योगहरुलाई नै बिदेशी लागनी भनेर बर्तमान सरकारले बढाईचढाई गरेको आरोप लगाए ।

बर्तमान सरकारले काम भन्दा बढी कुरा गर्ने गरेको भन्दै उनले कांग्रेसको सरकारले मात्र जन भावनाअनुसार काम गर्ने बताए । उनले तिलौरकोट सहीत बुद्धस्थललाई प्राथमिकतामा राखेर कांग्रेसले विकास गर्ने बताए ।

नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा अनुशासन समितिका सदस्य भिष्मराज आंदाबेले तिलौराकोट, राप्ती नदी र गैतमबुद्ध बिमानस्थललाई जोडेर विकास गर्नु पर्ने बताए ।

कांग्रेसका केन्द्रिय सदस्य तथा सांसद अतहर कमालले बर्तमान सरकार पुर्णयतया असफल भएको र भ्रष्ट्रचारलाई बढवा दिएको आरोप लगाए । त्यस्तै सांसद देवेन्द्रराज कडेलले कपिलवस्तु र रामग्रामको विकासमा सरकारले उपेक्षा गरे आन्दोलन गर्ने बताए ।

सो अवसरमा राजपा नेतृ तथा सांसद अमृता अग्रहरील तिलौराकोटको विकासकालागि कुनै पनि सरकारले वास्ता नगरेको आरोप लगाईन । उनले यसको विकासमा सबै एक हुनु पने बताईन ।

कार्यक्रममा सांसद अभिषेक प्रताप शाह, पुर्व राज्य मन्त्री तथा कांग्रेस जिल्ला सभापति सृरेन्द्रराज आचार्य लगायतले शुभकामना मन्तब्य दिएका थिए । खुला संग्रहालयकारुपमा रहेका प्राचिन कपिलवस्तुमा रहेको ऐतिहासिक,धार्मिक संपदाहरुको प्रचारप्रसार र विकासमा मद्दत गर्ने उद्देयले महोत्सव राखिएको तौलिहवा उद्योग बाणिज्य संघका अध्यष्क्ष गयादीन कुर्मीले बताए ।

महोत्सव आउने चैत ३० गते सम्म रात्रीकालीन सयममा चल्ने छ । महोत्सवमा कृषि, पर्यटन, ब्यापार, बाल उद्यान, मनोरजंन, गौतम बुद्ध र प्राचिन कपिलवस्तु झल्को दिने सामाग्रीहरुका रहने संघका सचिव अर्जेन चापागाईले बताए । महोत्सवमा २ सय बढी स्टलहरु रहेने छन । ढेड लाख बढी दर्शकले अवलोकन गरी एक करोड बढीको कारोवार हुने संयोजक गयादिन कुर्मीले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ