कम्युनिष्ट र मधेशी नेताहरू म्याद गुज्रेका औषधि : सिके राउत

राजनीति

1/26/2020

जनकपुरधाम, १२ माघ । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले आफनो पार्टीको मुख्य एजेण्डा जनमत संग्रह नै रहेको बताएका छन् ।

जनकपुरको रंगभूमी मैदानमा आयोजित आमसभालाई सम्बोधन गर्दै उनले सरकारसँग सम्झौता गरे पनि जनमत संग्रहको मुद्दा नत्यागेको दाबी गरे ।

राउतले सरकारसँगको सम्झौताले विजयी हाँसिल भएको भन्दै यसलाई कसैले गलत अर्थ नलगाउन आग्रह गरे । उनले चुनावमा जसलाई दलाल पार्टीहरूले गाली गरेका थिए, उसैको सरकारमा पुग्न लेनदेनको सम्झौता नगरेको बताए । उनले मधेशी नेताहरूलाई दलालको संज्ञासमेत दिए । कांग्रेस, कम्युनिष्ट र मधेशी नेताहरू म्याद गुज्रेको ‘औषधी’ भएको उनले टिप्पणी गरे ।

‘दलाल पार्टीहरूले चुनावका बेला ओलीलाई भोट नदिने भनेका थिए, डा. राउतले भने, ‘तर जनताबाट लिएको मत उही केपी ओलीको शरणमा गएर बुझाए । यसले पनि उनीहरु दलाल हो सजिलै बुझ्न सकिन्छ ।’

उपेन्द्र यादव र अशोक राइ पनि पूर्वएमाले र अन्य नेताहरू पनि पूर्वएमाले नै रहेकाले उनीहरूको अझै पनि मधेशीलाई धोका दिने र सत्तामा पुग्नेबाहेक केही भिजन नभएको आरोप लगाए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ