सप्तरी, १४ कार्तिक । नेपाली कांग्रेस र नेकपा परित्याग गरि सयौं नेता कर्याकर्ता समाजवादी पार्टीमा प्रवेश गरेका छन् । सप्तरीको हनुमान नगर कँकालनी र राजगढ गापामा बुधबार आयोजित छुट्टाछुट्टै पार्टी प्रबेश कार्यक्रममा गत प्रदेशसभाको निर्वाचनमा सप्तरी क्षेत्र न १ क.मा नेकपाका प्रत्याशी रहेका मो.शकिल अलि, क्षेत्र न ३ ख मा स्वतन्त्र प्रत्याशी रहेका सुरेन्द्र यादवको नेतृत्वमा सयौं नेता कार्यकर्ता प्रवेश गरेका हुन् ।
नवप्रबेशीहरुलाई प्रमुख अतिथी समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव, विशिष्ठ अतिथी उपाध्यक्ष लालबाबु राउत सहितका नेताहरुले अबिर माला लगाई पार्टीमा स्वागत गरे । पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दैै प्रमुख अतिथी यादवले मधेश आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षाको लागी संघर्ष अझै जारी रहेको बताए ।
प्रतिक्रियावादी शक्तिहरू संघीयता, गणतन्त्र र धर्मनिरपेक्षता विरुद्ध षडयन्त्र गरिरहेको उल्लेख गर्दै उपप्रधानमन्त्री समेंत रहेका यादवले त्यस्ता प्रतिक्रियावादीहरु विरुद्ध आफुहरुले निरन्तर आन्दोलन जारी पनि बताए ।
राजनीतिक आन्दोलनका साथै समाजिक आन्दोलनको समेत आवश्यकता रहेको उनको कथन थियो । कार्यक्रमका विशिष्ठ अतिथि प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले उत्पीडित समुदायको अधिकार प्राप्ती समाजवादीबाट मात्र सम्भव रहेको बताए । केन्द्रीय नेतृत्वमा समावेशीताको मिशाल कायम गरेको समाजवादी पार्टी अगामी दिनमा प्रदेश मात्र नभई संघीय सरकारको नेतृत्व समेत गर्ने दावी उनको थियो ।
कार्यक्रममा पार्टीका उपाध्यक्ष रेणु यादव, केन्द्रिय सदस्य एवं प्रदेश सरकारका कृषिमन्त्री शैलेन्द्र साह, प्रतिनिधिसभा सदस्य डा. सुर्य नारायण यादव, प्रदेश सभा सदस्य अभिषेक यादव, पार्टी प्रदेश समितिका मुख्यसचिव शम्भु झा, सचिव दिनेश यादव ,जिल्ला अध्यक्ष केदार यादव सहितको उपस्थिती रहेको थियो ।
तपाईको प्रतिक्रिया