नेपालको पानी जनताको लगानी कार्यक्रमको उद्घाटन

राजनीति

3/21/2019

काठमाडौं, ७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिशुली ३ बि जलविद्युत आयोजनाको साधारण शेयर (आइपिओ) को १० हजार कित्ता शेयर खरिदका लागि आवेदन गरेका छन् । प्रधानमन्त्री ओली यस शेयरका लागि पहिलो आवेदनकर्ता हनुहुन्छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा नेपालको पानी जनताको लगानी कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले शेयर खरिद गरेका हुन् ।

यसैगरी प्रधानमन्त्री पत्नी राधिका शाक्यले पनि १० हजार कित्ताको आवेदन गर्नुभएको छ । उर्जामन्त्री बर्षमान पुन ‘अनन्त’ ले १ हजार कित्ता र पूर्व सभामुख ओनसरी घर्ती मगरले २ हजार कित्ताको आवेदन गरे ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ