संविधान दिवसलाई कालो दिनको रुपमा मनाउने घोषणा

राजनीति

9/12/2019

काठमाडौं, २६ भाद्र । आदिवासी जनजाति, मधेशी, दलित, मुस्लिम, महिला, अपाङ्गता भएका व्यक्ति तथा विभिन्न राजनीतिक दलहरू, पहिचानवादी मोर्चारसमितिहरू र दलहरूसम्बद्ध जातीय, क्षेत्रीय मोर्चारघटकहरूले पनि संविधान दिवसलाई कालो दिनको रुपमा मनाउने घोषणा गरेका छन् ।

रिपोर्टर्स क्लबमा संयुक्त पत्रकार सम्मेलन गरी उनीहरुले संविधान दिवसलाई कालो दिनको रुपमा मनाउने घोषणा गरेका हुन् । पत्रकार सम्मेलनमा बोल्दै नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बरामले सबै जाति र भाषाको संविधान नभएसम्म आफूहरुले खुशीयाली नमनाउने स्पष्ट पारे ।

अध्यक्ष बरामले कालो दिवस मनाउने क्रममा राज्यले दमन गरे बाध्य भएर प्रतिकारमा उत्रिने चेतावनी समेत दिए । ‘हामी शान्तिपूर्ण रुपमा संविधान दिवसलाई कालो दिनको रुपमा मनाउँछौं । तर, सरकार हामीमाथि दमनकारी रुपमा प्रस्तुत भए हामी पनि बाध्य भएर जाइलाग्न तयार छौं ,’ उनले भने ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ