जनकपुरधाम, ८ वैशाख । प्रदेश नंं. २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले आगामी निति तथा कार्यक्रममा स्थानिय चलचित्रको विकास तथा चलचित्रकर्मीहरुको हौसला बढाउने जस्ता पक्षहरुलाई समेट्न प्रदेश सरकारले विशेष पहल गर्ने बिश्वास व्यक्त गरेका छन् ।
जनकपुरधामस्थित रँगबाटिका नेपालको आयोजनामा सम्पन्न प्रदेश स्तरीय नाटक एंव चलचित्र साँस्कृतिक महोत्सवको समापन समारोहमा उनले स्थानिय कला, सँस्कृतिको सँरक्षण तथा जगेर्ना गर्ने सवालमा प्रदेश सरकारले पनि सहभागिता जनाउनुपर्ने धारणा राखेका छन् ।
बिभिन्न कठिनाई तथा अभावका बावजुद कला, सँस्कृतिको सँरक्षण गर्दै चलचित्र महोत्सव गर्दै आएका आयोजकप्रति प्रमुखले आभार प्रकट समेत गरेका छन् । साथै उनले स्थानिय कला, सँस्कृतिको उत्थानका लागि स्थानिय रँगकर्मी तथा चलचित्रकर्मीहरुले पनि यसमा बिशेष पहल गर्नुपर्ने बताएका छन् ।
यस किसिमको सँस्कृतिलाई उत्थान गर्न तथा महोत्सवलाई सफल बनाउन आगामी आर्थिक बर्षको बजेटमा के कस्ता कुरा समेटिनु पर्छ भन्ने बिषयमा सुझाव समेत दिन प्रमुख कायस्थले आयोजकलाई आग्रह गरेका छन् । २०७५ चैत्र ३० गतेदेखि २०७६ बैशाख ७ गते सम्म प्रदेश स्तरीय नाटक एंव चलचित्र प्रशारण गरिएको थियो ।
होत्सवबाट उत्कृष्ट नाटककर्मी, चलचित्रकर्मी तथा निर्माता, निर्देशक तथा कलाकारहरुलाई आयोजकले प्रशंसा पत्रका साथ सम्मान समेत गरेको छ । कार्यक्रममा बिभिन्न किसिमका नृत्यहरु समेत प्रस्तुत गरिएको थियो भने कार्यक्रममा प्रदेश साँसद परमेश्वर साह, उमाशँकर अरगरिया, डा. विजय सिँह लगायत कलाकारहरुको उपस्थिती रहेको थियो ।
तपाईको प्रतिक्रिया