कृषिमा निर्भर जनसंख्यालाई घटाउनु पर्छ : प्रधानमन्त्री

राजनीति

2/25/2019

काठमाडौं, १२ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रविधि र यान्त्रिकीकरणको प्रयोग गरेर कृषिमा निर्भर जनसंख्यालाई घटाउनु पर्ने बताएका छन् ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले आइतबार आयोजना गरेको वर्तमान अवस्था र भावी सोच विषयक गोष्ठीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले देशको दुई तिहाइ जनसंख्या कृषिमा भएपनि त्यस अनुसारको प्रतिफल प्राप्त हुन नसकेको बताएका छन् । “हाम्रो देशको लागि यति ठूलो जनसंख्या कृषिमा निर्भर हुनु राम्रो होइन ।

कृषिमा प्रविधि र यान्त्रीकरणको प्रयोग गरेर जनसंख्याको ठुलो हिस्सालाई अन्यत्रै उपयोग गर्नुपर्दछ” प्रधानमन्त्री ओलीले भने “जबरजस्त रुपमा कृषिमा काम गरेका मानिसलाई बिस्थापन गर्ने भनेको होइन तर बिकल्प दिएर अन्य काममा यो जनशक्ति उपयोग गर्नुपर्दछ ।”

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ