कास्की–२ मा साझा पार्टीको उम्मेदवार रजनी केसी

राजनीति

10/23/2019

काठमाडौं, ६ कार्तिक । प्रतिनिधि सभा कास्की क्षेत्र नं २ को रिक्त सांसद पदका लागि साझा पार्टीको जिल्ला र क्षेत्रीय समिति सिफारिस अनुसार पोखरा महानगरपालिका निवासी साझा पार्टी केन्द्रीय सदस्य रजनी केसीलाई पार्टीको उम्मेदवार रूपमा चयन गरेको छ ।

उपनिर्वाचन हुन गइरहेका अन्य रिक्त पदका लागि पार्टीले विधिविधान अनुसार क्रमिक रूपमा उम्मेदवार चयन गर्ने जनाएको छ ।

कास्की क्षेत्र नं २, साझा पार्टीको उम्मेदवार रजनी केसी लामो समयदेखि समाज रूपान्तरणका लागि सामाजिक, धार्मिक र राजनीतिक रूपमा लागि परेको एक जना अभियान कर्ता हुन् ।

उनले सुरक्षित मातृत्व सञ्जाल महासङ्घ, नेपाल परिवार नियोजन सङ्घ लगायत विभिन्न सङ्घ, संस्थाहरुमा नेतृत्वदायी जिम्मेवारी सम्हाल्नुका साथै लामो समय विभिन्न तह र तप्कामा रहेर राजनीतिक अनुभव बटुलेकी छन् ।

गत वैशाखमा पोखरा विश्वविद्यालयको उपप्रशासक पदबाट राजीनामा दिएर उनी साझा पार्टी निर्माणको अभियानमा संलग्न भएकी थिइन् । उनले जनसङ्ख्या, लैङ्गिक अध्ययन तथा विकासमा स्नातकोत्तर गरेकी छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ