किसानलाई पानी दिन नसक्ने सरकारले पानी जहाजका कुरा गर्नु हास्यास्पद : पौडेल

राजनीति

3/16/2019

कपिलवस्तु १ चैत । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ओली नेतृत्व वर्तमान सरकार एकवर्षे कार्यकालमा पूर्णतया असफल भएको आरोप लगाएका छन् ।

कपिलवस्तुको यशोधरा गाउपालिका– ४ अम्लोनाहामा नेपाली कांग्रेस क्षेत्रीय समितिद्वारा आयोजित विशाल आभ सभामा सम्बोधन गर्दै नेता पौडेलले भने, ‘सरकार शान्ति सुरक्षा, सुशासन र विकासमा पुर्णतया असफल भएको छ ।’

ओली सरकारको कामको टिप्पणी गर्दै उनले भने, ‘वर्तमान सरकारको एकवर्षे उपलब्धि शून्य छ’ ।

आम जनतालाई शान्ति सुरक्षा दिन असफल भएको सरकारले नेपालको संविधान तथा कानुनको खिल्ली उडाउने काम गरेको पौडेलले अरोप लगाए ।

देशमा पानी जहाज र रेल संचालन गर्ने भन्दै सरकारले जनतालाई उल्लु बनाउने काम गरेको बताए ।

उनले अध्ययनबाट समेत नेपालमा पानी जहाज आउन नसक्ने देखिएको भन्र्दै कृषकहरुलाई पानी चाहिएको र सरकार पानी जहाजको झुठा सपना देखाएको बताए ।

राजपा र फोरममा रहेका मधेसी दलका नेताहरुले तराई मधेसका जतालाई झुुक्काउने गरेको आरोप लगाए । मधेस आन्दोलनमा ओलीलाइ गाली गर्ने मधेसी नेताहरु नै अहिले ओली सरकारमा जानुले नै यसको पुष्टी भएको बताए । नेता पौडेलले तराई मधेस कांग्रेसको एक अर्काका परिपुरक र साथ भएको बताए ।

उनले कांग्रेसको बल नै मधेस भएकाले मधेसी जनतालाइ कांग्रेसले कहिले धोका दिन नसक्ने बताए । सिके राउतसंग गरेकोे संझौता अपरपक्व भएको बताएका छन । अध्ययन र छलफल नगरी गरिएको स्तन्त्र मधेसका संयोजक भनिएका राउतसंगको संझौता हतारमा गरिएको बताए ।

सिके राउतले बिगतमा गरेका बिखण्डनकारी गतिबिधि बारे सहमितिमा कहि कतै स्विकार नगरेको बताए । उनले संभाmैता पछि पनि स्वतन्त्र मधेसको नाममा बिखण्डनकारी गतिबिधि भएको प्रति चिन्ता ब्यक्त गदैृ सरकारको यस तर्फ ध्यानाकर्ण गराए ।

‘उनले स्वतन्त्र मधेसको नाममा सिके राउतले तराई मधेस र हिमालको सम्बन्धलाई बिगार्न खोजेको तर्क गरे । उनले देशमा अहिलको स्थितिमा जिम्मवारी पुर्वक काम गर्ने देशभक्त नेताको खाचो रहेको बताए ।

अहिले मुलुकमा अराजत गतिििबधि बढदै गएको र त्यसलाई सरकारले नियन्त्रणमा लिन नसक्दा मुलुकमा डर र भयको शासन चलेको आरोप लगाए । सने अवसरमा नेपाली कांग्रेस केन्द्रिय सदसय तथा सांसद अतहर कमालले बिखण्डनकारी सिके राउतसंग संर्झौता र देश मै बसेर आन्दोलनमा रहेको नेपकालाई प्रतिबन्ध लगाएर सरकारले गलत काम गरेको टिप्पणी गरे ।

कार्यक्रमममा कांग्रेसका जिल्ला सभापति सरेन्द्रराज आचार्य, पुर्व सभपति राजेश आचार्य ,सुधार पाण्डेय , तरण दलका महासचिव भुपेन्द्रजग शाही,महिला संघकी केन्द्रिय सदस्य सुमित्रा शर्मा लगायतले मन्तब्य दिएका थिए । कार्यक्रम क्षेत्रीय सभापति गिरीजेश कुमार पाण्डेयको अध्यक्षता र माधव पराजुलीको संचलनमा भएको थियो । सो अवसरमा विभिन्न पार्टी परित्याग गरी संयौ कार्यकर्ता नेपाली काग्रंसमा प्रवेश गराएका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ